पाँचथर । पाँचथर सदरमुकाम फिदिममा सुरु भएको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ मा आयोजक पाँचथर फुटबल क्लब (पीएफसी) ले बिजयी सुरुवात गरेको छ।
फिदिम माविको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा तेह्रथुमकोे मितेरी फुटबल क्बललाई २–० गोलले पराजित गर्दै आयोजक पीएफसीले सेमी फाईनलको स्थान पक्का गरेको हो। आयोजकको जितका लागि निर्देश राई र बिशाल भण्डारीले गोल गरे। पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले।
दोस्रो हाफको १३ औँ मिनेटमा आयोजकका निर्देशले सुरुवाती गोल गरेका थिए। खेलको इञ्जुरी समयमा बिशाल भण्डारीले थप गोल गरेर जितलाई पक्का गरे। बिदेशी खेलाडी सहित आयोजक बिरुद्ध मैदान उत्रिएको तेह्रथुमले गोल गर्न नसक्दा उद्घाटन खेलबाटै बाहिरिनु प¥यो। इञ्जुरी समयमा तेह्रथुमका पेपे र ग्लोरेले रेडकार्ड पाए। पेपेले रेडकार्ड पाएपछि तेह्रथुमका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार गरेका थिए।
उद्घाटन खेलमा आयोजकका बिशाल भण्डारी म्यान अफ दी म्याच घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । कोशी प्रदेशका मन्त्री शम्सेर राईले प्रतियोगिताको उद्घाटन गरेका हुन्। २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो जिल्लाकै सार्बाधिक पुरस्कार राशिको गोल्डकप हो।
प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए । आईतबार हुने खेलमा इलामको रेडहर्ष फुटबल क्लबसँग झापाको बिर्तामोड युनाईटेड

.png)