Comments Add Comment

पाँचथरकी सुन्दासलाई तिनजुरे मिडियाको सहयोग

पाँचथर: पाँचथरको तुम्वेवा गाँउपालिका–२ की फोक्सो रोग पीडित अनुराधा सुन्दासलाई तिनजुरे मिडिया गु्रप प्रवासले आर्थिक सहयोग गरेको छ । जेष्ठ महिनादेखी फोक्सोमा समस्या भई मोरङको बिराटनगर स्थीत नोबेल अस्पतालमा उपचारत सुन्दासलाई नगद ३० हजार आर्थिक सहयोग गरेको हो । उपचारको लागि आर्थिक अवस्था कमजोर भएपछि तिनजुरे मिडिया प्रवासले आर्थिक रकम संकलन गरी सहयोग गरेको मिडिया ग्रुपका अध्यक्ष देब बास्कोटाले बताए ।
सुन्दासको उपचारको लागि देश तथा विदेशमा रहेका मिडिया ग्रुपमा आवद्ध प्रवासी नेपालीहरुबाट संकलित रकम पीडित सुन्दासलाई सहयोग गरिएको बास्कोटाको भनाइ छ । उपचारको क्रममा झापा जिल्लाको दमक स्थीत आफन्तको घरमा बसेर अस्पताल धाईरहेकी सुन्दासलाई शनिबार एक कार्यक्रमका बीच ग्रुपकी कोषाध्यक्ष बिनिता मगरले रकम हस्तान्त्रण गरेकी थिइन् ।
तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले बिगत ६ बर्ष देखी हरेक महिना १ पीडित सहयोग गर्दै हालसम्म  १९ लाख बढी रकम सहयोग गरिसकेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ