Comments Add Comment

विद्यालयमा ६ लाखको अक्षयकोष, उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत गर्ने

रमेश थापा 
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउ घर भई हाल अमेरीका बस्ने धिरेन्द लिम्बूको परिवारले स्वर्गीय आमाको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापाना गरेका छन। कुम्मायक–१ को पृथ्वी माध्यमिक विद्यालयलाई स्व.जानुका सुब्बा सम्बाहाम्फेको छोरा धिरेन्द्र लिम्बू, विक्रम आङ्देम्बे र छोरी आशा सुब्बाले सयुक्त रुपमा आमा जानुका सुब्बा सम्बाहाम्फे स्मृतीमा ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नगद ६ लाख रुपैयाँको अक्षयकोष विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबेन्द्रकुमार लावती र विद्यालयका प्र.अ. ऋषिराम गजुरेललाई हस्तान्तरण गरेका थिए। 

विद्यालयमा स्थापना गरिएको अक्षयकोषको व्याजले प्रत्येक वर्ष कक्षा १० को एस.इ.ई परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्रा र १ छात्र र कक्षा १२ को एस.एल.सी परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्रा र १ छात्रलाई पुरस्कृत गर्ने अक्षयकोषदाता धिरेन्द्र लिम्बूले बताए । विद्यालयको शैक्षिक उन्नती र प्रगतिको लागि आफुहरुले निस्वार्थ रुपमा परिवारको स्मृतिमा विद्यालयलाई अक्षयकोष हस्तान्त्रण गरेको लिम्बूको भनाइ थियो।

अक्षयकोष हस्तान्त्रण कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठुलो सहयोग गर्ने भन्दै विद्यालय परिवारले स्व.जानुका सुब्बा सम्बाहाम्फेको आत्माको चिर शान्तिको कामना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। विद्यालयको दिगो विकास र शैक्षिक क्षेत्रमा गरेको सहयोगले विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोषले ठुलो भूमिका खेलेको विद्यालयले जनाएको छ। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ