Comments Add Comment

गाडीबाट लडेर एकजनाको मृत्यु

विराटनगर। पाँचथरको फिदिम नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  

पाँचथर सदरमुकाम फिदिमबाट माझीटारतर्फ जाँदै गरेको मे १ च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका–५ पाँचथरका ४८ वर्षीय प्रेम संग्रौला गाडीबाट लडेर सिकिस्त घाइते भएका थिए।

उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका–८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा अनुसन्धान गरिरहेको छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ