रमेश थापा
पाँचथर: हामो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा आज हुने भएको छ । कुम्मायक गाउँपालिका–१ स्थीत यासोक बजारमा रहेको सहकारी संस्थाले १४ औं वार्षिक साधारण सभा आज आयोजना गर्न लागेको हो ।
पृथ्वी मा.विको सभाहलमा आयोजना हुने सभाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन साथै लेखा सुपरिवेक्षण समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को लक्ष्य र कार्यक्रमको बिषयमा छलफल गर्ने संस्थाले जनाएको छ ।
सभाले जेष्ठ सदस्य, उकृष्ट बालबचत कर्ता र सेयर सदस्यका कक्षा बाह्रबाट उकृष्ट अंक ल्याउने प्राविधिक र साधरण तर्फबाट विद्यार्थी सम्मान गर्ने संस्थाका अध्यक्ष मेघराज निरौलाले बताए ।
.png)