पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ३ कार्तिकेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथर आयोजना तथा ईलाका प्रहरी कार्यालय यासोकको समन्वयमा वडाका १६ घर परिवारहरूलाई २÷२ थानको दरले न्यानो कपडा (ब्लाङ्केड) वितरण गरीएको हो। नागरिकहरूलाई प्रवाह गरिने सेवामा निश्चित बर्ग वा समुहमा लक्षित नभई सबैलाई सेवा प्रवाह गर्दै आएको र अल्पसंख्यक तथा जोखिममा रहेका बर्गहरूको पहिचान गरी उनिहरूको हितको लागि सुरक्षाको प्रत्याभुती दिँदै कानुन बमोजिम प्रहरी सेवालाई अझ सहज र प्रभावकारी बनाउँदै थप सेवा सुविधा बढाउदै लैजाने उदेश्यले सो समुदायलाई न्यानो कपडा (ब्लाङ्केड) वितरण गरिएको प्रहरीले जनाएको छ।
न्यानो कपडा बितरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डियस्पी हेमन्त भण्डारी क्षेत्री, कुम्मायक गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष बाबुराम कार्की, ईलाका प्रहरी कार्यालय यासोक पाँचथरका प्रमुख बरिष्ठ सई सन्तोष कुमार गौतम, सई पुण्य प्रसाद अधिकारी लगायत स्थानीयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
.png)