रमेश थापा
पाँचथर: गाउँको छेउमा घाम पानी छेल्न नसक्ने सानो कटेरो छ। शौचालय जस्तै आकारको कटेरोमा फिदिम नगरपालिका–१२ बुधुकमा कर्ण बहादुर थाम्सुहाङ दम्पती बस्दै आएका छन। उनि उमेरले ५० वर्ष पुगे, श्रीमती ५१ वर्ष पुगिन। दुई वर्षदेखी कष्ठकर रुपमा सोही कटेरोमा बस्दै आएका कर्ण बहादुर थाम्सुहाङले पाँच दशकपछि नयाँ घर पाएका छन। फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफुले पाउने सेवा सुविधाबाट थाम्सुहाङको दुई तले घर निर्माण गरेका छन। कटेरोमा बस्दै आएका दम्पतीलाई काफ्लेले आफुले पाउने सेवा सुविधा बापतको १ लाख ६५ हजार ८१० रुपैयाँको लागतमा घर निर्माण गरिदिएका हुन।
आफ्नो नाममा जग्गा जमिन नभएका थाम्सुहाङ दम्पती गिटी कुटेर जीवन यापन गर्दै आएका छन। महिनाको ३५ सय रुपैयाँ आम्दानीबाट घर खर्च धान्ने गरेका छन। थाम्सुहाङ छिमेकी स्थानीय पदम रिमालको जग्गामा कटेरो बनाएर जीवन यापन गर्दै आएका छन । सुत्न र बस्न समेत नसकिने साँघुरो कटेरोमा जीवन यापन गरिरहेका दम्पतीको दयनीय अवस्था देखेपछि घर बनाउने इच्छा जागेको नगर प्रमुख काफ्लेले बताए । थाम्सुहाङलाई घर हस्तान्तरण गर्न काफ्ले पुग्दा थाम्सुुहाङ अचानक भक्कानिए । घरको चाबी बुझ्दै थाम्सुहाङले मेयर काफ्लेलाई बाबु भेटेको भन्दै अगालो हालेरै रोए ।
थाम्सुहाङ दम्पती परिवारले दैनिक गुजारा चलाउन छिमेकीको खेताला धाउनु पर्ने बाध्यता छ । गाउँको छेउको कटेरोमा दुई वर्षदेखि कष्ठकर जीवन बिताउदै आएका उनलाई मेयर काफ्लेले घर बनाइ दिने बचन दिएका थिए । निर्वाचनको समयमा दिएको बचन पुरा गरेको भन्दै उनि भावुक बने । “चुनावको बेला मेयर सावले घर बनाइ दिन्छु भन्नुभएको थियो । मैले बिश्वास गरेको थिइन । आज मलाई राम्रो घर बनाइ दिनुभयो । मेरो साव मेरो बुवा हो गहभरी आँसु पार्दै थाम्सुहाङले भने ।
थाम्सुहाङलाई नयाँ घर हस्तान्त्रण गर्दै मेयर मित्रप्रसाद काफ्लेले आफुले निर्वाचनको समयमा गरेको प्रतिवद्धता क्रमश पुरा गर्दै जाने बताए । उनले विपन्न थाम्सुहाङ परिवारलाई ओढ्ने ओछ्याउने लुगा कपडा र खाने अन्न समेत उपलब्ध गराउने बचन दिएका छन । “मैले लामो समयदेखि मानविय सेवा गर्दै आएको छु । स्थानीय तहमा निर्वाचित भएपश्चत पनि यो कामलाई निरन्तरता दिएको छु । काफ्लेले भने् नगरपालिकाको अभियान अन्तरर्गत नगरबासीलाई ओभानो घरमा राख्ने अभियान अनुरुप फुसको छानो हटाउने अभियान पनि अघि बढाएका छौ ।”
.png)