रमेश थापा
पाँचथर-पाँचथरको सदरमुकाम फिदिम बजारमा फ्रि वाइफाइ जडान गरिएको छ। फिदिम नगरपालिकाले बजारको विभिन्न स्थानहरूमा फ्रि वाइफाइ जडान गरेको हो। नगर प्रमुख मित्रप्रसाद काफ्लेले बजारको बि.पि.पार्कमा एक कार्यक्रमको आयोजना गरी फ्रि वाइफाइ सेवाको उद्घाटन गरेका थिए। नगरपालिकाले फिदिम बजारस्थित गणतन्त्र चोक, गढी मन्दिर, वि.पि.पार्क, जिल्ला अस्पताल, त्यस्तै फिदिम मा.वि.को खेलमैदान, लोकतन्त्र चोक, आहाल गैरी र शिवालय मन्दिर परिषरमा वाइफाइको जडान गरिएको छ।
गाउँ–गाउँबाट सदरमुकामको फिदिम बजारमा आउने नागरिकलाई इन्टरनेट सम्बन्धी काम गर्न सहज बनाउने उदेश्यले फ्रि वाइफाइ जडान गरिएको नगरपालिको जनाएको छ। फिदिम बजार क्षेत्रमा पर्यटक र स्थानीयमा सुचनाको सहज पहुँच बढाउन फ्रि वाइफाइको व्यवस्था गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए। बजारमा जडान गरिएको वाइफाइ तीन सय मिटर आसपाससम्म प्रयोग गर्न सकिनेछ। नगरले वाइफाइ अन्य विशेष स्थानमा पनि जडान गर्दै लगिने जनाइएको छ।
.png)