रमेश थापा
पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ नं. वडा कार्यालयले जेष्ठ नागरिक सम्मान गरेको छ। वडाको चालु आर्थिक वर्षको बिनियोजित बजेटबाट साविक ५ वटा टोलका ५ जना जेष्ठ नागरिक सम्मान गरेको हो। वडाले सम्मान गरेका जेष्ठ नागरिकहरुमा भीष्मलाल खतिवडा, कालिबहादुर आङदेम्बे, मनसिङ गोलेलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कम्बल सहितका सामाग्री प्रदान गरी सम्मान गरेको हो।
त्यस्तै असक्त अवस्थामा घरमै रहेका सुनकान्छी र हाङमा कुमारी चेम्जोङलाई जनप्रतिनिधिको टोलिले घरमै पुगेर सम्मान गरेको वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बेले जनाए। सोही अवसर पारेर वडाले वडाको लक्ष्मी आ.वि, पञ्चकन्या र नमुना ज्योती आधारभुत विद्यालयमा कुर्सी, कार्पेट र ह्वाइट बोट बितरण गरेको थियो भने वडाको बैद्ध गुम्बामा कार्पेट बितरण गरको अध्यक्ष आङदेम्बेको भनाइ छ।

.png)