Comments Add Comment

पाँचथरकै उत्कृष्ट वडा सम्मानीत

मनोज थापा 
पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिका ३ नम्बर वडा कार्यालय सेपेनी उकृष्ट भएको छ । नेकपा एमालेको आठौ जिल्ला सम्मेलनबाट जिल्ला कमिटीले वडालाई जिल्लाकै उत्कृष्ट घोषित गर्दै प्रसंशा पत्र सहित सम्मान गरेको हो । सङ्घीयताको कार्यान्वयपछि बनेको वडाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वडालाई सम्मान गरिएको सो पार्टीले जनाएको छ । 
२०७४ असोज १४ गते सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले समृद्धि र विकास निर्माणमा पार्टीको नीति अनुरुप पाँचथरकै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको उल्लेख गरेको छ ।
स्थानीयतहको काम कर्तब्य र अधिकारलाई संघीयताको भावना अनुसार कार्यान्वय गर्दै जनताको हित अनुशासन समृद्धि र विकास निर्माणमा जिल्लाकै उकृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको प्रसंशा पत्रमा उल्लेख छ । सङ्घीताको कार्यान्वयपछि कुनै पनि संरचना नभएको वडाले अहिले नक्सा नै फेरेको छ । वडाले कृषि, पूर्वाधार र सडकमा उलेख्य प्रगति गरेको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ