मनोज थापा
कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा लाग्दै आएको धार्मीक तथा साँस्कृतिक त्रिशाली पुजा तथा मेला (तङ्सुम तङनाम) बैसाख १७ गते देखि लाग्ने भएको छ।
शुक्रबार कुम्मायक गाउँपालिकाको जनभवनमा बसेको सर्वपक्षिय बैठकले २०८१ बैसाख १७ गते देखि २३ गते सम्म मेला लगाउने निणर्य गरेको कुम्मायक १ का अध्यक्ष देबेन्द्र कुमार लाओतीले जानकारी दिए ।

कुम्मायक गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फेको अध्यक्षतामा ३१ सदस्य पुजा तथा मेला मुल समारोह समिति गठन भएको छ ।
प्रत्येक तिन बर्षमा लाग्दै आएको पुजा तथा मेला यस अघि २०७९ बैसाख २ गते देखि ४ गते सम्म लागेको थियो । यस अघि ३-३ दिन लाग्दै आएको मेला यसपटक भने ७ दिन लगाउने निणर्य भएको छ। अन्य उपसमिति भने मुल समारोह समिति मार्फत पछी गठन हुने बताईएको छ । यासोक बजारमा लाग्दै आएको त्रिशाली पुजा तथा मेला (तङ्सुम तङनाम) पुर्वको ठुलो मेलाको रुपमा पनि लिईन्छ । कुम्मायक कुसायक मन्दिरमा पुजा गरे मनले सोचेको पुग्ने जन विश्वास रहि आएको छ ।

.png)