रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिकामा लाग्ने ऐतिहासिक त्रिशाली पुजा र मेला बैसाख १७ देखि २३ गतेसम्म लाग्ने भएको छ। प्रत्येक तीन वर्षमा लाग्दै आएको त्रिशाली पुजा र मेला यो वर्षदेखि एक हप्तासम्म लाग्ने भएको हो। कुम्मायक गाउँपालिकाको कार्यालयमा बसेको सर्वदलिय र सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको कुम्मायक गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले जनाए।
सोही भेलाले कुम्मायक–४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे अध्यक्षतामा ३१ सदस्य त्रिशाली पुजा तथा मेला मुल समारोह समिति गठन गरिएको छ। गठित समितिको उपाध्यक्ष डिल्ली कुमार लिम्बू, सचिव जकेन्द्र लावती, कोषाध्यक्ष उमा चाम्लिङ राई र सहसचिव राजेश्वर सम्बाहाम्फे गरी ३१ सदस्य समिति गठन गरिएको हो।
गठित समितिले चाँडै बिभिन्न उपसमिति गठन गरी मेलाको तयारी अघि बढाउने समितिका अध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले बताए। यो वर्षको बैसाखमा लाग्ने त्रिशाली पुजा र मेलाको समय अवधि तीन दिनदेखि बढाएर सात दिनसम्म पु¥याएकाले व्यवस्थापनको पक्षलाई थप प्रभावकारी बनाएर लानुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन। त्रिशाली पुजा र मेलाको मुख्य आकर्षणहरुमा कुम्मायक–कुस्सायक पुजा, फुटबल प्रतियोगिता, साँस्कृति कार्यक्रम र बिभिन्न स्टल सहितको मिनिमहोत्सव समेत संचालन हुने जनाइएको छ।

.png)