मनोज थापा
पाँचथर: पाँचथरको तुम्बेवा गाउँपालिकामा रहेको एभरग्रिन एकाडेमी इङ्लिस स्कुलले २८ औं स्थापना दिवस मनाएको छ। तुम्वेवा–३, मौवामा रहेको विद्यालयले बिभिन्न कार्यक्रम सहित २८ औँ बार्षिक उत्सव मनाइएको हो। सोही अवसरमा विद्यालयका अभिभावक एव्ं तुम्बेवा–३ का निर्वतमान वडाअध्यक्ष कमल थापाले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।
कार्यक्रमको प्रमुख अथिति प्रदेश सभा सदस्य माननीय मौयाँ श्रेष्ठ लावतीको प्रमुख आथित्यतामा आयोजना भएको कार्यक्रममा गाउँपालिका स्तरिय आधाभूत तहको नृत्य प्रतियोगिता सप्पन्न भएको थियो। प्रतियोगिताको प्रथम, तुम्बेवा–५ को सिंह सिद्ध आ.वि, दोस्रो, तुम्बेवा–३ को इन्द्रेणी मा.वि र तेस्रो स्थान तुम्बेवा–५ को मौलो बुङ आ.वि भएका छन। प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई कार्यक्रमको प्रमुख अथिति र विशेष अथितिले पुरस्कार बितरण गरेका थिए।
कार्यक्रमको प्रमुख अथिति प्रदेश सभा सदस्य माननीय मौयाँ श्रेष्ठ लावतीले विद्यालयको शैक्षिक उन्नति र प्रगतिको सुभकामना व्यक्त गरिन् । कार्यक्रमको विशिष्ट अथिती गाउँपालिका राष्ट्रिय महासंघ कोशि प्रदेश उपाध्यक्ष एवं तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, बिशेष अथिती कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावती लगायतका अथितिहरुको सहभागीता रहेको थियो। कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ज्ञान बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।