रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न भएको नेपाल निजमती कर्मचारी संगठनको अध्यक्षमा केदार बहादुर खड्का निर्वाचित भएका छन। संगठनको ३४ औं स्थापना दिवसको अवसरमा यासोक स्थित सिम्रिक होटलमा सम्पन्न भएको प्रथम अधिवेशनमा खड्का निर्बिरोध निर्वाचित भएका हुन। अधिबेशनले खड्काको नेतृत्वमा १५ सदस्य नेपाल निजामती कर्मचारी संगठन कुम्मायक गाउँपालिका कमिटी गठन गरिएको छ।
जस्को अध्यक्षमा केदार बहादुर खड्का, उपाध्यक्ष नारायण सुवेदी, सचिव भेषराज थापा, उपसचिव रुमा बोहोरा र कोषाध्यक्ष मुना खड्का रहेका छन। त्यस्तै सदस्यहरुमा नरेन्द्र कार्की, भिमकला सम्बाहाम्फे, राधिका भण्डारी, कविता आचार्य, कोवित सुब्बा, सृर्जना त्रिखत्री, मिलन बोहोरा, जीवन खड्का, कमल श्रेष्ठ र मदन थापा सहित १५ सदस्य कमिटी गठन गरिएको संगठनका जिल्ला अध्यक्ष तिर्थराज मिश्रले जानकारी दिए ।
.png)