Comments Add Comment

पाँचथरको रणशेर गणमा अवकास प्राप्त सैनिक सम्मेलन 

रमेश थापा
पाँचथर: पाँचथरको फिदिम-२ ओदिन स्थित रणशेर गणमा भू.पू सैनिक सम्मेलन–२०८० सम्पन्न भएको छ। नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा भू.पू सैनिक तथा एकल महिलाहरुको सहभागीतामा सम्मेलन सम्पन्न भएको हो। कार्यक्रमका बिशिष्ट अतिथि फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र रणशेर गणका गणपति प्रमुख सेनानी दिलिप राउतले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए।
भू.पू सैनिकहरु बीच एकआपसमा भेटघाट, अनुभव आदाप्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो।

आगामी दिनमा पनि निरन्तर समाजमा सम्मानित जिवनयापन गर्दै सेनाप्रति सकरात्मक सोच र हौसला प्रदान गर्न समारोह आयोजना गरिएको गणपति दिलिप राउतले जनाकारी दिए ।
सम्मेलनमा पाँचथर र ताप्लेजुङ जिल्लाका १५५ जना अवकास प्राप्त सैनिक र सैनिकका परिवारको सहभागीता रहेको थियो । सोही कार्यक्रममा अशक्त १ जना अवकाश प्राप्त सैनिकलाई प्रमुख अथिति महासेनानी शशी थापाले हुइल्चियर हस्तान्त्रण गरेका थिए । अवकास प्राप्त सैनिक र सैनिकका परिवारहरुको लागि औषधी वितरण सहितको स्वास्थ्य शिविर संचालन भएको थियो । कार्यक्रमको सहभागीहरुको लागि नेपाली सेनाले संस्कृति र परम्परा झल्किने नृत्य, तेक्वान्दो पि.टी. र रणशेर गण व्याण्डको प्रदर्शन गरेको थियो । 

रणशेर गणको सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले पुर्वी पृतना हे.क्वाटर इटहरीबाट (लाइभ टेलिकास्ट) मार्फत सम्बोधन गर्दै अवकाश प्राप्त सैनिकहरुलाई सेवा अवधिमा आर्जित गरेका ज्ञान, सीप, अनुभव र क्षमतालाई समाज र राष्ट्रको लागि प्रयोग गर्न आग्रह गरेका थिए ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी, शसस्त्र पहरी नायव उपरिक्षक हरिप्रसाद शर्मा र जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ