रमेश थापा
पाँचथर : पाँचथरको फिदिम नगरपालिका–२ स्थीत रणशेर गण ओदिन ब्यारेकमा गेट निर्माण गरिएको छ। मेची राजमार्गको सडक छेउमै रहेको गणको मुख्य प्रवेशद्धारमा निर्माण गरिएको गेट २१ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धन बहादुर थापाले समुद्धाघाटन गरेका हुन। थापाले नवनिर्मित मुख्य प्रवेशद्धारको गेट रिवन काटेर समुद्धघाटन गरेका थिए।
रणशेर गणका गणपति प्रमुख सेनानी दिलिप राउतको पहल तथा गणको आन्तरिक श्रोत साधन साथै सकलदर्जाको प्रयासबाट नव–निर्मित मुल प्रवेशद्वारको गेट निर्माण गरिएको हो। बाहिनीपति सहायक रथी थापाले विधिवत रुपमा गेटको समुद्घाटन गरेसंगै सवारी साधनलाई आवतजात गर्न थप सहज भएको रणशेर गणका गणपति प्रमुख सेनानी दिलिप राउतले जानकारी दिए ।
.png)