Comments Add Comment

कुम्मायक गोल्डकप चैत्र ११ देखि

मनोज थापा

पाँचथर- पाँचौ संस्करणको कुम्मायक गोल्डकप यो वर्ष चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता कुम्मायक स्पोर्टिङ क्लबले पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बर्सेनि आयोजना गर्दै छ।

आयोजक कुम्मायक स्पोर्टिङले आज फिदिम पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी खेल सुरु हुने मिति र खेल तालिका सार्वजनिक गरेको हो | प्रतियोगितामा पाँचथरको फिदिम नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ टिमको सहभागिता रहने क्लबका अध्यक्ष खेम निरौलाले जानकारी दिए । खेल नक आउट फर्म्याटमा सञ्चालन हुनेछ ।

यो वर्ष ‘आठवटै स्थानीय तहको सहभागिता पाँचथरको सान, स्थानीय खेलकुदको विकासमा कुम्मायक स्पोर्टिङको अभियान’ नारासहित खेल सञ्चालन गर्न लागिएको क्लबका सचिव डिगधोज लावतीको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ