रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजना संचालनमा आएको छ । तमोर नदिको इनारमा जडान गरिएको पंम्प जलेपछि खानेपानी योजना गत ६ गतेदेखि अवरुद्ध भएको थियो । इनारमा पानीको सतह बढाएर खानेपानी योजना पुन: संचालनमा ल्याइएको यासोक सुख्खाक्षेत्र तमोर पंम्पिङ खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष मेघराज निरौलाले जानकारी दिए ।
खानेपानीको इनारमा पानीको सहत घटेपछि आयोजनामा प्रयोग भएका तीन वटा पंम्प जलेका थिए । पंम्प जलेपछि खानेपानी योजना अवरुद्ध भएको थियो । खानेपानी योजना संचालनमा ल्याउन इनारको सहतलाई केही गहिरो बनाइएको थियो । समितिले खानेपानी संचालन गर्न पुरानो एउटा मात्र पंम्पको जडान गरेको छ । यता गाउँपालिकाले पनि तत्कालै कार्यपालिका बैठक बसेर नयाँ पंम्प खरिद गर्ने जनाएको छ । पंम्प र प्यानलबोड खरिद गर्न कार्यपालिका बैठक बस्नु पर्ने भएकाले यसको तयारी अघि बढेको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।
खानेपानी योजना पुनः संचालनमा आएसंगै कुम्मायक गाउँपालिकाको यासोक, स्याबरुम्बा रानीगाउँ गरी चार वडाका १४ सय घरधुरी लाभाम्वित भएका छन ।
.png)