Comments Add Comment

फिदिम नगरपालिका पूर्णखोप घोषणा

रमेश थापा
पाँचथर- पाँचथरको फिदिम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। नगरपालिकाको कार्यालय एक कार्यक्रमको अयोजना गरी फिदिम नगरपालिकालाई जिल्ला समन्वय समिति उपप्रमुख यामकुमार आङ्बो र नगर प्रमुख मित्रप्रसाद काफ्लेले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका थिए । नगरका १४ वटै वडालाई पूर्ण खोप सुनिश्चितताको लागि प्राप्त तथ्याङ्क र सूचकको आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए। 

नगरका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरमा पूर्ण खोप पाएको सुनिश्चित गरिएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो । ५ वर्ष मुनिका ३ हजार १ सय ६० बालबालिकाले १३ प्रकारका सम्पुर्ण खोपको पहुँच पुगेको नगर प्रमुख काफ्लेको भनाइ छ । सोही कार्यक्रममा पहिलो पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्ने फिदिम–४ न. वडालाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो । यस अघि हिलिहाङ र याङवरक गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरी सकेका छन् । जिल्लाका आठ स्थानीय तह मध्ये फिदिम नगरपालिकालाई तेस्रो पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ