Comments Add Comment

पाँचथरको सिमावर्ती क्षेत्रमा चौँरी महोत्सव हुने

रमेश थापा
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा चौरी महोत्सव हुने भएको छ। भारतसँगको सिमावर्ती क्षेत्र स्थित गाँउपालिका–४ को चाररातेमा नयाँ बर्षको अवसर पारेर चौँरी महोत्सव हुन लागेको हो। फिदिममा पत्रकार सम्मेलन गरी सातौँ फालेलुङ ‘चौँरी पर्यटन महोत्सव’बारे जानकारी गराईएको हो।
यहि चैत ३० गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। फालेलुङ गाँउपालिका मूख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालक तथा संरक्षण संस्था आयोजना गर्ने बताइएको छ। तीन दिनसम्म संचालन हुने महोत्सवमा झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ट पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ। महोत्सवमा करिब ६ सय चौँरीहरु प्रदर्शन गर्ने फालेलुङ गाँउपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङले जानकारी दिए।

नेपाल र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा सातौं पटक महोत्सव गर्न लागिएको हो। गाउँपालिकाले चौँरी संस्कृतिको संरक्षण गर्न र पर्यापर्यटनको संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए। उनिभन्छन् सिमा क्षेत्रमा चौरी महोत्सव गरेर नेपालले बलियो उपस्थिति जनाएकाले भारतले सिमाअतिक्रमण गर्न सकेको छैन। ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पती पनि हो। ‘चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरेका हौ।’ महोत्सव क्षेत्रमा दर्जनौ चौँरी गोठहरु छन्। महोत्सवले पर्यटनको सम्भावनालाई माथि उठाउने बिश्वास गरिएको छ। बिगतका महोत्सवहरुकै कारण यस क्षेत्रमा पर्यटकहरुको चाप बढेको आयोजक संस्था दीप ज्योति क्बलका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए। बस्तिविहिन जंगली क्षेत्रमा आयोजना गरिने माहोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागि गराउने आयोजकको तयारी छ।

महोत्सव अवलोकनको लागि पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाण्डौ, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारण पुग्ने अनुमान गरिएको हो। महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ। पत्रकार सम्मेलनमा पालिका अध्यक्ष थाम्सुहाङसहित उपाध्यक्ष महेन्द्रहाङ जबेगु, प्रवक्ता भरत खपाङ्गी, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बे लगायत आयोजक संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ