Comments Add Comment

फाल्गुनन्द-१,नवमीडाँडामा बुधबारदेखि अन्तर जिल्ला आमन्त्रित फुट्बल प्रतियोगिता सञ्चालन हुँदै

दिपक दुलाल,चैत्र २७
फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा बुधबारदेखि अन्तरजिल्ला आमन्त्रित फुट्बल प्रतियोगिता सञ्चालन हुँदैछ।
 नयाँवर्षको अवसरमा तिजोक यूवाक्लव नवमीडाँडाले विगत लामो समयदेखि  सञ्चालन गर्दै आएको  फूट्बल प्रतियोगिता यसवर्ष बुधबारदेखि शुरु भइ २०८१ बैशाख ४ गतेसम्म सञ्चालन हुन लागेको हो ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन हुने फुट्बल प्रतियोगितामा कोशी प्रदेश अन्तरगतका ताप्लेजुङ,पाँचथर,इलाम,झापा,तेह्रथुम,मोरङ र सुनसरी जिल्लाका प्रतिष्ठित ८ वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो । बुधबार हुने उद्धघाटन खेल आयोजक तिजोक युवा क्लव नवमीडाँडा र मैवाखोला गाउँपालिका ताप्लेजुङबिच हुने छ । 
 यसवर्षको फूट्बल प्रतियोगिताको बिजेतालाई २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र  प्रदान गरिने उहाँले बताउँनुभयो । खेलमैदान व्यवस्थापन लगायत प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नयाँवर्षको अवसरमा २०८१ बैशाख ३ गते राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, पदम राई,नन्दु गुरुङ लगायतको उपस्थितीमा बृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ । 
प्रतियोगिताको मूख्य प्रायोजक सिजी ब्रुअरी मुस्ताङ वियर रहेको छ भने स्थानिय सरकार, विभिन्न संघसंस्थाहरु, समाजसेवी,बुद्धिजिवी,व्यवसायीहरु,तथा देशविदेशमा रहेका सहयोगी मनहरु तथा प्रयोजकहरुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको तिजोक यूवा क्लवका सचिव कुबेर आङ्देम्बेले बताउँनुभयो ।  
खेल अवधिभर नवमीडाँडा बजारमा विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रहरु सहित रमाइलो मेलाको समेत आयोजना गरिएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो । 
 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ