Comments Add Comment

रसुवागढी हाइड्रोको सञ्चालक समिति अध्यक्षमा थिके

काठमाडौं, १ पुस 

रसुवागढी हाइड्रो पावरको सञ्चालक समिति अध्यक्षमा प्रदीपकुमार थिके चयन भएका छन् । मंसिरदेखि नै उनलाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ। यससँगै कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ । 

अध्यक्ष थिकेसँगै प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र ध्रुवप्रसाद अधिकारी सञ्चालक समितिमा रहेका छन् । यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ