रमेश थापा
पाँचथरको फालेलुङ गाउँपालिका नेपाल भारतको सीमावर्ती क्षेत्रमा पर्छ। सात वर्षदेखि वर्षेनी फालेलुङ–४ चाररातेमा चौरी महोत्सव हुदै आएको छ। भारतसँगको सिमावर्ती क्षेत्रमा नयाँ बर्षको अवसर पारेर चौँरी महोत्सव हुने गरेको छ। गाउँपालिकाले महत्वपूर्ण रुपमा लिने चौंरी महोत्सवमा झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ठ पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन हुने गरेको छ। महोत्सवमा करिब ६ सय चौँरीहरु प्रदर्शन गर्ने गरिएको फालेलुङ गाँउपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङले जानकारी दिए। फालेलुङ गाँउपालिका मूख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालक तथा संरक्षण संस्थाले आयोजना गर्ने गरिएको छ।
नेपाल र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा सातौं पटक महोत्सव गरिएको छ। गाउँपालिकाले चौँरी संस्कृतिको संरक्षण गर्न र पर्यापर्यटनको संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए। उनिभन्छन् सिमा क्षेत्रमा चौरी महोत्सव गरेर नेपालले बलियो उपस्थिति जनाएकाले भारतले सिमाअतिक्रमण गर्न सकेको छैन। ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पती पनि हो। ‘चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरेका हौ।’
महोत्सव क्षेत्रमा दर्जनौ चौँरी गोठहरु छन्। महोत्सवले पर्यटनको सम्भावनालाई माथि उठाउने बिश्वास गरिएको छ। बिगतका महोत्सवहरुकै कारण यस क्षेत्रमा पर्यटकहरुको चाप बढेको आयोजक संस्था दीप ज्योति क्बलका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए। बस्तिविहिन जंगली क्षेत्रमा आयोजना गरिने महोत्सवमा आन्तरिक र बाह्य गरी हजारौ पर्यटकलाई सहभागी गराउने गरिएको छ।
महोत्सव अवलोकनको लागि पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाण्डौ, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारण पुग्ने गरेका छन। महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने गरिएको छ। समुन्द्र सतहबाट धेरै उचाहिमा रहेको चारराते पर्यटकीय सम्भावना बोकेको स्थान हो। तीन तहका सरकारबाट सीमावर्ती क्षेत्रमा बलियो उपस्थिति जनाउनु पर्नेमा गाउँपालिकाको जोड छ। यो विषयमा गाउँपालिकाले बलियो उपस्थिति जनाउँदै आएको जनाएको छ। आर्थिक आयआर्जनको लागि गाउँपालिकाले वर्षेनी लाखौं रुपैयाँ लगानी गर्दै आएको र सो क्षेत्रमा गाउँपालिकाले बलियो आम्दानीको क्षेत्र बनाउन पहल कदमी गर्दै आएको छ।
.png)