रमेश थापा
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या क्रमश घट्दै गएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावको रुचि निजी विद्यालयप्रति बढ्दो छ । सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थालेपछि कुम्मायक गाउँपालिका ५ नं. वडा कार्यालयले विद्यार्थी टिकाउन अनेक उपाय अपनाउन थालेको छ । वडामा ६ वटा सामुदायिक विद्यालय छन । जसमध्ये एक मावि, एक निमावि र चार आधारभूत विद्यालय रहेका छन । वडाका ६ वटा विद्यालयका २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०÷०८१ को २ लाख ७५ हजार रुपैयाँबाट ६ विद्यालयका २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको हो । कक्षा १ देखि ५ कक्षासम्म अध्यायन गर्ने २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरिएको कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जनाए । वडाले वडाभित्र रहेका मा.वि, निमावि र प्राथमिक विद्यालय गरी ६ विद्यालयका विद्यार्थीहरुलाई पोशाक बितरण गरेको छ । सम्बन्धि विद्यालयको नाम लेखिएको पोशाक बितरण गरेपछि अभिभावकहरु उत्साहित बनेका छन । वडाले महेन्द्रदोय माविका ११८, गुह्येश्वरी निमाविका ३५, हिमालय आविका २५ जना त्यस्तै कागेश्वरी आवि ५५, देउराली आवि १३ र जनकल्याण आवि १९ गरी २६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरिएको वडा सचिव केशकुमार चेम्जोङ जानकारी दिए ।
त्यस्तै वडाले चालु आर्थिक वर्षबाट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको छ । जस अन्तरर्गत वडाले एसइइमा उकृष्ट अंक ३.५ जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । त्यसैगरी कक्षा ५ बाट उकृष्ट अंक ल्याउने ६ वटा आधारभूत विद्यालयका एक–एक जना विद्यार्थीलाई ५ हजारको दर र कक्षा ८ मा उकृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई नगद १० हजारको दरले पुरस्कृत गर्ने वडाअध्यक्ष निर्मलराज घिमिरेले जानकारी दिए ।
.png)