Comments Add Comment

पाँचथरको कुम्मायकमा कोरोना संक्रमित युवाको मृत्यु

सम्झना कुँवर

यासोकः पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ । कुम्मायक—५ का कोरोना संक्रमित भई घरमै बस्दै आएका २२ वर्षका युवाको शनिबार बिहान मृत्यु भएको हो । केही दिन अघि कोरोना संक्रमित भई होम आइसुलेसनमा बस्दै आएका कुम्मायक-५ निगालेका रोशन खतिवडाको शनिवार बिहान मृत्यु भएको हो । शुक्रबार बेलुकासम्म स्वास्थ्य समस्या नभएको परिवारिक श्रोतले जानकारी दिएको छ । बिहान संक्रमणले च्यापेपछी थप उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ । यस अघि पनि सोही वडामा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । गाउँपालिकामा संक्रमितको संख्या बढ्दै जानथालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकामा हालसम्म ९६९ जनामा एन्टिजेन परीक्षण भइसकेको छ भने संक्रमित हुनेको संख्या ३०० जना पुगेको छ । जसमध्ये २२० जना निको भईसकेका छन् भने हाल सक्रिय संक्रमित ८० जना रहेको गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले गाउँ-गाउँमा गएर कोरोना परीक्षण गर्दै आएको भने संक्रमण रोकथाम सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह जस्ता कार्यक्रमहरु गर्दै आएको छ तर कोरोना संक्रमणदर दिनानुदुन बढ्दो अवस्थामा रहेको छ । संक्रमण रोकथामका लागि अझ प्रभावकारी रुपमा स्थानीय तह नलाग्ने हो भने कोरोना संक्रमणले समुदायलाई भयावहक अवस्था सिर्जना गर्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ