रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनमा दमक एकेडेमी झापा प्रवेस गरेको छ। बुधवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा डाँगी हाट फुटवल क्लव बेलवारी मोरङलाई सडनडेर्थ मार्फत ५–४ को अन्तरले हराउदै सेमिफाइनलमा प्रवेस गरेको हो।
खेलको सुरुवाती समयको २७ औं मिनेटमा सुनिल खड्काले डिबक्स एरियाबाट गरेको प्रहाबाट डाँगी हाट मोरङले सुरुवाती अग्रता लिएको थियो। तर दोस्रो हापको ४३ औ मिनेटमा मोरङका बिसाल भण्डारीले हेर्डमार्फत आत्मघाती गोल गरेपछि खेल बराबरीमा रोकियो। निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा पनि ४–४ को बराबरीपछि सडनडेथ मार्फत ५–४ को जीत निकाल्दै दमक सेमिफाइनमा प्रवेस गरेको हो। खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक चरी लिम्बू घोषित हुदै नगद पाँच हजार र ट्रफि हात पारे। यो संगै क्वाटरफाइनलको खेल पूरा भएको छ।
बैसाख २० गते बिहिवार हुने पहिलो सेमिफाइन खेल आयोजक यलम्बर युवा संस्था र रेड हर्स फुटवल क्लव इलाम बीच दिउसो २ बजे हुने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए। प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
.png)