रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न भएको भलिवल प्रतियोगिता उपाधि लेटाङ नगरपालिका मोरङले हात पारेको छ। त्रिशाली पुजा एवं मेलाको अवसरमा अन्तरपालिका स्तरीय पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनल खेलमा मेचीनगर झापालाई सोझो सेटमा हराउँदै मोरङको वराङ्गी लेटाङले उपाधि हात पारेको हो। उपाधिको लागि झापा बिरुद्ध २५–२०, २५–१६ र २५–२२ को सोझो सेटमा पराजित गर्दै मोरङ उपाधि बिजेता बनेको हो। उपाधिसंगै लेटाङ नगरपालिका वराङ्गी मोरङले नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र हात पा¥यो।
उपविजेता बनेको मेचीनगर झापाले नगद ५५ हजार ५५५ रुपैयाँ नगद ट्रफि मेडल र प्रमाण पत्र हात पा¥यो। खेलको बेष्ट सेटर मोङका गोपाल लिम्बू, बेष्ट सर्भर करण लिम्बू, बेष्ट प्लेयर मनोज लिम्बू हुदै नगद, ट्रफि हात पारे। त्यस्तै मेचीनगरका बेष्ट स्पाइकर अमृत सापकोटा, बेष्ट ब्लकर अजय तामाङ र बेष्ट लिब्रो मन्जील प्रसाई भए। त्यस्तै प्रतियोगिताको तेस्रो बिजेता कुम्मायक गाउँपालिका भएको छ। कुम्मायक गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई हराउँदै नगद २५ हजार ५२५ रुपैयाँ हात पारेको थियो। दुइ दुइ सेटको बराबरीमा भएपछि अन्तिम सेटमा कुम्मायकले १५–१२ को कठीन जित निकाल्दै तेस्रो बिजेता बनेको हो ।
बैशाख १९ गतेदेखि संचालन भएको प्रतियोगितामा झापा, मोरङ, इलाम, तेह्रथुम र पाँचथरका १२ टीम सहभागी भएको आयोजक कुम्मायक भलिवल संघ यासोकले जनाएको छ।

.png)