Comments Add Comment

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

अङ्कारा, २ पुस:

टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा ६ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ ।

घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किएबाट युरोप जाने उद्देश्यले आउँने गर्छन् । टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ