पाँचथर-राष्ट्रिय प्रजातन्त्र पाटी पाँचथरले अक्सिजन कन्सन्ट्रेटर मेसिन बितरण अभियान नै थालेको छ । राप्रपाले पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका स्थानीयतहरुलाई १५ थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गर्न थालेको हो । हङकङमा रहेका भूतपूर्व सैनिकहरूको संस्था एक्स गोर्खाज सर्भिसेज एसोसिएसनले १५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएपछि राप्रपाले ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गर्न थालेको हो ।
यहि अभियान निरन्तरता दिदै राप्रपाले हिजो फाल्गुनन्द गाउँपालिकालाई एक थान अक्सिजन कनसेन्ट्रटर हस्तान्त्रण गरेको छ । राप्रपाका पूर्व केन्द्रिय सदस्य तेजकुमार कुरुम्बाङ सहितको टोलिले गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङलाई अक्सिजन कनसेन्ट्रटर हस्तान्त्रण गरेको हो ।
गाउँपालिकालाई डेढ लाख मुल्य बराबरको अक्सिजन उत्पादन गर्ने कनसेन्ट्रटर हस्तान्त्रण गरेको नेता कुरुम्बाङले जानकारी दिनुभयो । कोरोना भाइरस कोभिडको महामारी अति सम्वेदनशिल क्षेत्र समेत रहेको गाउँपालिकालाई सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष कुरुम्बाङले राप्रपाको प्रसंशा गर्नुभयो । त्यसै गरी हिजो नै राप्रपाले मिक्लाजुङ गाउँपालिकालाई पनि एक थान अक्सिजन कनसेन्ट्रटर हस्तान्त्रण गरेको थियो ।
.png)