Comments Add Comment

सेर्मा सङ्जुम्भो अध्यक्षमा नरेन्द्र शेर्मा चयन

पाँचथर- दक्षिण कोरियामा कार्यरत शेर्माहरुको संस्था ‘किराँत याक्थुङ पापोहाङ शेर्मा सङ्जुम्भो’को अध्यक्षमा नरेन्द्र शेर्मा चयन हुनुभएको छ । ‘किराँत याक्थुङ पापोहाङ शेर्मा सङ्जुम्भो’को प्रथम अधिवेशनबाट पुन ःशेर्मालाई चयन गरिएको हो । स्वदेशमा रहेका नागरिकलाई कठिन परिस्थितिमा आर्थिक सहयोग गर्ने उदेश्यले ‘किराँत याक्थुङ पापोहाङ शेर्मा सङ्जुम्भो’को स्थापना गरिएको बताइएको छ ।
हाल दक्षिण कोरियामा कार्यरत लिम्बू जाती मध्ये शेर्मा वंशका दाजुभाइहरुलाई एकताको सुत्रमा बाध्ने उदेश्यले संस्था सन् २०२० मा स्थापना गरिएको थियो । जस्को संस्थापक संरक्षकको रुपमा समाजसेवी गजेन्द्र शेर्मा सकृय भूमिकामा हुनुहुन्छ । 
‘किराँत याक्थुङ पापोहाङ शेर्मा सङ्जुम्भो’को कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सागर ,कानुनहाङ, इन्द्र र भुपेन रहेका छन् । सचिव किमीलसंङ, सहसचिव हुकुम,चन्द्र कुमार, कोषाध्यक्ष सिकुम, सहकोषाध्यक्ष बिष्ण, क्रियाशिल सदस्य रमेश, सुमन, सन्तोष, धिरेन, प्रकाश, बृर्ख, बाल कृष्ण र पूर्ण रहनुभएको छ । त्यस्तै, दिलहाङ, दिपा, डिल्ली, निकेश, बिकाश, अप्सरा, संगम, सुरेस र लोकेश सदस्यहरु सहितको नयाँ कार्यसमिति गठन गरिएको छ ।
“याक्थुङ पापोहाङ,शेर्मा एकता हाम्रो प्रतिबद्धता” को नारा सहित कोरियामा स्थापना भएको यस संस्थाको पहिलो अधिवेशनबाट दुई वर्ष कार्य अवधिको आर्थिक प्रतिबेदन पेश गर्दै आगामी वर्षको कार्ययोजना पनि सर्वसहमतले पारित गरिएको संस्थापक संरक्षक समाजसेवी गजेन्द्र शेर्मा जानकारी दिनुभयो ।
समुहबाट मासिक जम्मा गरिएको यस संस्थाको कुल आय १२ लाख ५८ हजार पाँच सय ३८ रुपैयाँ रहेको छ । प्रवास शेर्मा सङ्जुम्भोद्वारा प्राकृतिक प्रकोप तथा दीर्घरोगीहरुलाई गरिएको आर्थिक सहयोग रकम जम्मा आठ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ र संस्थागत खर्च ३२ हजार रुपैयाँ साथै बाँकी रहेको कुल बचत तीन लाख ७५ हजार २० रुपैयाँको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कानुनहाङ शेर्माले प्रस्तुत गरेको संस्थाले जानकारी गराएको छ ।
संस्थाद्वारा मिर्गौला पीडित पाँचथर रानिटार घर भइ हाल झापा बस्दै आएका एलनो नेम्बाङ, पाँचथर माङ्जाबुङकी क्यानसर पीडित फुलकुमारी शेर्मा, अग्नि पीडित सोही गाउँका धनबहादुर र पृथि प्रसाद शेर्मा, मुटु र मिर्गौला रोगी राज कुमार शेर्मा, बाढी पहिरो प्रभावित मिक्लाजुङ २ सराङडाँडाका छपबिला र तेज बहादुर शेर्मामा लगायत धेरै नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ