पाँचथर-पछिल्लो समय बजारमा सामाजिक बिकृति र बिसङ्गती बढेको भन्दै पाँचथरको मौवा बजारमा सिसि क्यामेरा जडान गरिएको छ । तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारको निगरानी गर्न सात वटा सिसि क्यामेरा जडान गरिएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षको पाँच लाख रकमबाट बजारको बिभिन्न स्थानमा सात वटा सिसि क्यामेरा जडान गरिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो । बजारमा सामाजिक बिकृति र बिसङ्गती बढेको भन्दै यसको रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले बजारलाई सिसि क्यामेराको निगरानीमा राखेको उहाँको भनाई छ ।
जडान गरिएको क्यामेराको मनिटरिङ गाउँपालिका र इलाका प्रहरी कार्यालय गर्ने भएको छ । इलाका प्रहरी कार्यालयको भवन जीर्ण भएकाले गाउँपालिका र कार्यालयले गर्ने छ । केही समयपछि इलाका प्रहरी कार्यालयबाटै मनिटरिङ गर्ने प्रहरी नायव निरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । क्यामेरा जडानपछि बजारमा चोरी लुटपाट र झै—झगडाको घट्नालाई निरुत्साहित गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरीको बिश्वास छ ।
.png)