Comments Add Comment

मनरा शिसवा नगरपालिकामा जनतासँग मेयर कार्यक्रम

जलेश्वर, ५ पुस 

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ ।

नगरप्रमुख मोहन पाण्डेयले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताउनुभयो ।

उहाँले पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको,समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिनुभयो।

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहनाअनुरुप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव सङ्कलन गर्दै आएका छन् । गाउँमै योजना बनाउन थालेपछि मनरा शिसवा –४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

वडा नं ५ सुदीश सहनी, रामबाबु यादव र बेचन रायले गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताउनुभयो । दश वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी छ । नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जीनियर तथा अन्य आवश्यक जनशक्तिसहितको टोली पालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले साँच्चिकै गाउँ–टोलमै सिंहदरबार र आफ्नो स्थानीय सरकारको अनुभूति गर्न थालेको वडा नं ६ का बलिराम साह, बिर्जु साह र विष्णु सहनीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ