Comments Add Comment

प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुर्न गठन, अध्यक्षमा येक्तेन

पाँचथर-प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुर्न गठन गरिएको छ। मंगलबार पुनर्गठित समितिको अध्यक्षमा उपेन्द्र येत्तेन चयन भएका हुन् ।पुर्न गठित समितीको उपाध्यक्षमा रोहित आङबो, सचिवमा पदम सम्बाहाम्फे, सह–सचिवमा सुशान्त सम्बाहाम्फे र कोषाध्यक्षमा तागेरा तावा सर्वसम्मत चयन भएका हुन।

मञ्चको जिल्ला समितीको सदस्यहरुमा वुद्ध लिम्वू, रोजा जवेगु, ज्योति वेघा, सेसेमा सुहाङ, उदय नेम्बाङ र पुजा सेवा सर्वसम्मतले चयन भएका छन् । मञ्चको पुर्न गठित समारोह जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य राजेन्द्रकुमार जवेगुको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी जवेगु, जनता समाजवादि पार्टि प्रदेश १ का पुर्व सदस्य वुद्धराज लिम्बू, जिल्ला अध्यक्ष लक्ष्मण लावती, जिल्ला उपाध्यक्ष कमलराज नेम्बाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ