Comments Add Comment

तुम्बेवा गाउँपालिका वडा न. १ स्थित कलेश्वरी आधारभूत बिधालयका प्रधानाध्यापक तामाङको बिदाई

पदम सुखी सम्बाहाम्फे

पाँचथर- पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. १ स्थित कलेश्वरी आधारभूत बिधालयका निबर्तमान प्रधानाध्यापक गोबिन्द बहादुर तामाङलाई मंगलबार बिदाई गरिएको छ । २०४१ साल पौष १ गते देखि शिक्षण पेशामा आवद्ध भई २०६५ साल बाट प्रधान अध्यापकको भुमिका निर्बाह गर्दै आएका तामाङ्ले २०७८ साल फागुन ४ गते देखि स्वेच्छिक राजिनामा दिएका हुन् । शैक्षिक र भौतिक रुपमा बिद्यालयलाई अनुकरणिय सहयोग गरेको भन्दै बिद्यालय परिवारले तामाङलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेको थियो ।

बिधालय ब्यबस्थापन समितिको आयोजनामा भएको सो समारोहमा तामाङले आफु बाहिर रहेर पनि आफ्नो बिवेक र क्षमताले भ्याएसम्म बिधालयलाइ सक्दो सहयोग गर्ने बताएका छन् । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सहरसिं तामाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तुम्बेवा १ का वडा अध्यक्ष मोतिराज तामाङ साथै प्रधानाध्यापक मनभक्त देवान, उर्मिला तामाङ लगायत अभिबाहक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ