Comments Add Comment

सवारी दुर्घटनामा परेका घाइतेलाई कुम्मायक सरोकार मन्च दक्षिण कोरियाद्वारा आर्थिक सहयोग

पदम सुखी सम्बाहाम्फे

पाँचथर- कुम्मायक सरोकार मन्च दक्षिण कोरियाले मोटरसाइकल दुर्घटनामा परेका घाइतेलाई आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परेका कुम्मायक गाउपालिका १ स्थित साबिक वडा नम्बर ८ निगुवाचाबाका १८ बर्षिय सन्जय तामाङ हुन । गत पौष २७ गते दिउँसो १२ बजे घरायसी सामान किन्नलागि मोटरसाइकलबाट यासोक बजार जाने क्रममा फिक्कलमा दुर्घटना हुदा तामाङ गम्भीर घाइते भएका थिए ।

घाइते तामाङलाई कुम्मायक सरोकार मन्च दक्षिण कोरियाका अध्यक्ष सोम भगत चेम्जोङ्को अगुवाइमा १ लाख ७ हजार ५ सय रुपैयाँ रकम कुम्मायक गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतिको रोहवरमा घाइतेका आमा फुलमाया तामाङलाइ सो रकम हस्तान्तरण गरिएको थियो । घरको आर्थिक स्थिति कम्जोर हुनुका साथै उन्को बि एन्ड सि हस्पिटलमा उपचार हुदा ८ लाख भन्दा बढी रकम खर्च सकिएकोले थप सहयोगको याचना गरिएको छ ।

तामाङ्को शरीरको मेरुदण्ड भाचिएको र चारवटा दात समेत झरेकोले उनको उपचारमा थप रकमको आवस्यकता हुने समाजसेवी गणेश नेम्बाङ, शिक्षक तिलबहादुर तामाङ र कुम्मायक सम्पर्क समितिका सदस्य गणेश चेम्जोङले बताएका छ्न भने कुम्मायक सरोकार मन्च दक्षिण कोरियाका सम्पुर्ण सहयोगी टिमलाई कुम्मायक सम्पर्क समितिले हार्दिक आभार पनि प्रकट गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ