दिपक दुलाल,मंसिर १३
बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा सम्पन्न खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधी तिजोक यूवा क्लव नवमीडाँडाले हात पारेको छ।
आज भएको फाइनल खेलमा आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै तिजोक यूवा क्लव नवमीडाँडाले उपाधि चुमेको हो ।

आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवैटिमबाट कुनैपनि गोल हुन सकेन । थप गरिएको ३ मिनेटको अतिरिक्त समयको सद्दुपयोग गर्दै तिजोक यूवा क्लवका जर्सी नं.७ का खेलाडी दिपेश राईले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि प्रतिस्पर्धी आयोजकका तर्फबाट खेलमा कुनै गोल हुन नसकेपछि सोहि गोल निर्णयक बन्दै तिजोक यूवा क्लवलाई जित दिलाएको हो ।

उपाधि जितेसँगै तिजोक यूवा क्लवले १ लाख ५ हजार रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनलमा पराजित भएसँगै उपविजेता बनेको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङले ६५ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउँनुप¥यो ।
प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशेष अतिथि फाल्गुनन्द २ का वडाध्यक्ष सन्तोष कुमार नेम्वाङ,फुट्बल प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक जेट्ली सिंगर हार्डवेयर तथा यातायात प्रा.लि.का प्रोपाइटर सुभास सिंगर लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै स्थानिय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङको खेलमैदानमा सञ्चालन गरिएको खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न स्थानका १६ टिमले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।
विगत लामो समयदेखि कात्र्तिके पूर्णिमाको अवसरमा प्रत्येकवर्ष इम्बूङमा लाग्दै आएको वराहक्षेत्र मेला तथा फुट्बल प्रतियोगिता यसवर्ष मंसिर ८ गतेबाट शुरु भइ आज सम्पन्न भएको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले वताउनुभयो ।

.png)