Comments Add Comment

सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ८ पुस

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट  बोनस सेयर वितरण गर्न लागेको हो ।  

कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आब को वित्तिय विवरण पारित गरी हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ लगानीकर्ताहरुका लागी सेयर घोषणा गरेको हो । 

नेपाल राष्ट्र बैंक र सीवाइसीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई उक्त बोनस वितरण गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ