Comments Add Comment

पाँचथरको कुम्मायक गाउँपालिकामा किसानलाई बिउ र कृषि औजार बितरण

यासोकः पाँचथरको कुम्मायक गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरर्गत कृषि औजार र अदुवाको बिउ बितरण गरिएको छ । कुम्मायक—५ को पाथिभरा महिला बचत तथा ऋण सहकारी संस्थाले औजार र अदुवाको बिउ बितरण गरेको हो । 
कुम्मायक गाउँपालिकाको ९ लाख ६७ हजार ३ सय १९ रुपैया अनुदान र किसानको ९ लाख ६६ हजार ९ सय ३० रुपैया लागत साझेदारीमा औजार र अदुवाको विउ बितरण गरिएको संस्थाकी अध्यक्ष मुना खड्का घिमिरेले जानकारी दिनुभयो । संस्थाका सेयर सदस्य किसानलाई ४ सय ५० मुन अदुवा, मिनिटिलर, मिनिमिल, स्प्रे, ठेला, कुटो र कोदालो ५० प्रतिशत अनुदानमा बितरण गरेको उहाँको भनाइ छ ।
सहकारीले ९ लाख मुल्यको ४ सय ५० मुन अदुवाको बिउ र किसानको लागत साझेदारी रकम १० लाख ३४ हजार २ सय ४९ रुपैयाँको औजार उपकरण खरिद गरी कुल १९ लाख ३४ हजार २ सय ४९ रुपैयाँको कार्यक्रम सम्पन्न गरेको संस्थाकी सचिव विमला हेम्ब्याले बताउँनुभयो । 
महिलाद्धारा महिलाकै लागि संचालन गरेको सहकारीमा १ सय ९५ सेयर सदस्यहरु रहेका छन् । संस्थाको भवन निर्माण गर्न गाउँपालिकाले ११ लाख रुपैया सहयोग गरेको छ । त्यस्तै भवन निर्माणको लागि नेकपा (माले) स्थायी कमिटी सदस्य एवं संगठन बिभागका प्रमुख, पूर्व जिविस उपसभापती दीनानाथ घिमिरेबाट ५ लाख मुल्यको आठआना जग्गा प्राप्त भएको सचिव हेम्ब्याले बताउँनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ