Comments Add Comment

बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

मस्को, ९ पुस
साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ । आगलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन्। पछिल्लो तथ्यांकअनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ ।
आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरुमा जनाइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ