Comments Add Comment

गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं, १४ पुस

गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन्। 

गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ