Comments Add Comment

अघिल्लो सरकारले ल्याएका १४ सय आयोजना हटाएको सांसद नेम्वाङको आरोप

 

पाँचथरः एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजे छुट्याउन नसकेको आरोप लगाए ।

अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको बताए । सोही कारण पनि आफूले एक रुपैयाँ बजेट राख्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ