Comments Add Comment

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

विराटनगर, १० पुस 

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । 

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।

तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी  थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ