Comments Add Comment

तिजोक यूवाक्लवको नवौं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशन नवमीडाँडामा सम्पन्न

दिपक दुलाल,चैत्र ४

पाँचथर- तिजोक यूवाक्लव नवमीडाँडाको नवौं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशन पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा आज सम्पन्न भएको छ ।

अधिवेशनबाट हेमराज आङ्देम्बेको अध्यक्षतामा  क्लवको १३ सदस्यिय नयाँ कार्यसमितिको सर्वसहमत चयन गरिएको छ । नवगठित तिजोक यूवाक्लवको उपाध्यक्षद्धय रमेश आङ्देम्बे र राम आङ्देम्बे, सचिवमा कुबेर आङ्देम्बे,सह-सचिवमा राजु आङ्देम्बे र कोषाध्यक्षमा ममता आङ्देम्बे चयन हुनुभएको छ । यसैगरी क्लवका सदस्यहरुमा सुमन श्रेष्ठ, धिरेन नेम्वाङ, सृष्टि आङ्देम्बे, कविन्द्र आङ्देम्बे, पृथ आङ्देम्बे, सिता आङ्देम्बे र बिमला नेम्वाङ सर्वसहमत चयन हुनुभएको छ ।


क्लवको साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा फाल्गुनन्द १ का जननिर्वाचित प्रतिनिधीहरु, विभिन्न संघसंस्थका प्रतिनिधीहरु,राजनितिक पार्टीका प्रतिनिधीहरु सञ्चरकर्मी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्धघाटन कार्यक्रम पाँचथर फुट्बल संघका अध्यक्ष सुजन नेम्वाङको प्रमुख आतिथ्यता र तिजोक यूवा क्लवका निवर्तमान अध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी गराउनुभएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ