देशैभर संक्रमण दर बढ्दै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले कोरोना बिरुद्धको खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ । मेचीनगरमा अहिलेसम्म २५ हजार १ सय १४ जनाले खोप लगाइसकेको नगर कार्यपालिकाको कार्यालयले जानकारी गराएको छ ।
आज मात्र मेचीनगर नगरपालिकामा ३३७० जनाले खोप लगाएका छन् । मेचीनगर नगरपालिकाका वडा नं. ३, ४, ७, ८, १०, ११, १३ र १५ मा क्रमश ३१५, २२५, ४८०, २९०, ६२५, १९०, ३०० र ३३० गरी जम्मा २७५५ जनामा खोप लगाइएको थियो जसमा ५०-५४ उमेरसमुहका नागरिकहरु रहेका छन् । यसरी नै बिभिन्न अग्रपंत्तिमा काम गर्ने नागरिकहरुलाई सामुदायिक भवन काकरभिट्टामा ३०० जना र नगर कार्यपालिकाको कार्यालयमा ३१५ जना गरी ६१५ जनालाई खोप लगाएको कार्यालयले जानकारी गराएको छ ।
.png)