काठमाडाैं, १३ फागुन। कप्तान देव खनालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
जारी खेलमा खनाल १ सय ५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । कप्तान देवको क्रिकेट करिअरमा यो पहिलो शतक हो। देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका हुन।
यसअघि अर्जुन कुमालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय १० रन बनाएका छन । खेल जारी छ।
.png)