Comments Add Comment

३ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

२०७८ चैत्र २ गते 

पाँचथर- सुनसरीको बराहक्षेत्र नगरपालिका-५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन ।  हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी गराउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ