दिपक दुलाल पौष १८
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित बालबिकास आधारभूत विद्यालय भोगटेनीमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ।विद्यालयमा बसेको अभिभावकहरुको भेलाले दिल कुमार आङ्देम्बेको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरेको हो।

समितिका अन्य सदस्यहरुमा धन बहादुर आङ्देम्बे, शर्मिला तामाङ,मन बहादुर चेम्जोङ र यमुना तामाङ चयन हुनुभएको छ । यसैगरी शिक्षक प्रतिनिधी ममता लिम्बू, बालक्लव प्रतिनिधी प्रमिला आङ्देम्बे तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक खगेन्द्र कुमालं रहनुभएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुको सोहि भेलाले पार्वतीमाया तामाङको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा इन्द्रराज आङदेम्बे,हेमा तामाङ आङदेम्बे,सुमित्रा चेम्जोङ,डिक बहादुर तामाङ,सेवन आङदेम्बे,मणिराज आङदेम्बे,हरिकुमार आङदेम्बे,खगेन्द्र कुमाल,दिलकुमार आङ्देम्बे र सदस्य सचिवमा शर्मिला लिम्बू चयन हुनुभएको छ ।

सोहि कार्यक्रमबाट उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेलाइ बिदाइ समेत गरिएको छ । विद्यालयमा लामो समय २९ वर्ष सम्म सेवा गरी हालै अनिवार्य अवकास हुनुभएका पाण्डेलाई विद्यालयले औपचारिक रुपमा बिदाइ गरेको हो ।
कार्यक्रमका बक्ताहरुले बिदाइ भएर जानुभएका निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेले विद्यालयमा पु¥याउँनुभएको योगदानको चर्चा गरेका थिए।उहाँलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)