रमेश थापा
पाँचथर- तेह्रथुम जिल्लामा सुरक्षित नागरिक आवास कार्यक्रम लागु हुने भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तेह्रथुम जिल्लामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत जस्तापात बितरण गर्न लागेको हो। शहरी विकास तथा भवन कार्यालयले जिल्लावासीलाई सुरक्षित नागरिक आवासको लागि निवेदन दिन समेत आग्रह गरेकोे छ ।
नेपालको संविधान प्रदत्त नागरिकको मौलिक हक अन्तरर्गत आवासको अधिकार सम्वन्धि ऐन २०७५ बमोजिम २०८० कार्तिक १७ गतेको सुरक्षित नागरिक आवास समन्वय समिति तेह्रथुमको बैठकबाट तेह्रथुम जिल्ला स्थित सवै पालिकाहरुका लागि जस्तापाता वितरणको लागि निवेदन दिन अनुरोध गरेको हो ।
जिल्लामा स्थायी रुपले बसोबास गरिरहेको सुरक्षित र बाताबरण मैत्री आवासको अधिकारको सम्मान संरक्षण तथा परिपूर्ति गर्न गरिविको रेखामुनि रहेका प्रकोपको कारण घरबार विहिन भएका घर परिवारलाई प्राथमिकता दिने भएको छ। नागरिकले सुरक्षित आवास निर्माण आफैले गर्न चाहेमा जस्तापाता र सहुलियत दरको काठ लगायतका सामाग्री खरिदका लागि निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अघि बढाउन सुरक्षित नागरिक आवास समन्वय समिति तेह्रथुमका सदस्य सचिव समेत रहेका सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख ई. सुमन कुमार मिश्रले चाडै निवेदन दिन आग्रह गरे ।
गरिविको रेखामुनी रहेका पराल वा खरको छाना भएका, आगो पानी तथा हुरीबाट सहजै प्रभावित हुनसक्ने अन्य सामाग्रीबाट छाएका घर परिवारहरुलाई जस्तापाताको छानामुनी ल्याउने गरी सुरक्षित नागरिक आवास कार्यक्रम आगु गरिएको उनले प्रष्ट पारे। लाभग्राही नागरिकले सुरक्षित नागरिक आवासको लागि निशुल्क रुपमा निवेदन दिन सकिने मिश्रको भनाइ छ। जिल्लाबासीले संम्बन्धि वडा कार्यालयमा आवश्यक समन्वय गर्दै २०८० मंसिर १० गते भित्र निवेदन दिन सकिने मिश्रले जनाए ।
.png)