Comments Add Comment

यसरी सुरु भयो त्रिशाली पुजा र मेला


पदमसुखी सम्बाहाम्फे 
पाँचथर—
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा यो बर्ष त्रिशाली पुजा र मेला हुदैछ । पुजा र मेला संचालन गर्न मुल समारोह समिति समेत गठन गरिएको छ । मेला सुरु हुन करिव एक महिना बाकी छ । यसै बीच यसको ऐतिहासिकता महत्वबारे बिभिन्न टीका टिप्पणी उठ्दै आएको छ ।
 इसाइको छैटौं र नवौ शताब्दीमा राजा उवाहाङ यु:मा माङका भक्त भएको र यु:मा माङको आरधाना तथा उपासना गर्दै उत्तरी तिब्बतको मिथिला र दक्षिणी भारतको सिमाना सम्म राज्य बिस्तार गर्ने क्रम तीन बर्ष लागेको खुसियालिमा आºना भाइ भारदार  र रैतिलाइ भेला गराइ साधा भोजनपान गराइएको थियो ।

यसरी नै पर्वको रूपमा विकास हुदै आएको किरात याक्थुङ चुम्लुङका निबर्तमान केन्द्रिय सदस्य गणेश चेम्जोङ् बताउनुहुन्छ । उहा भन्नुहुन्छ् उवाहाङका छोरा माबोहाङले पनि यस क्षेत्रमा आºना भाइभारादार सहित राजकीय बिस्तारका क्रममा  शिकार गर्दा खेत्दै गरेको मृग समेत लुकाएको र शिकारमा रहेका दुई कुकुरलाई समेत अलग गराइ तान बुनिरहेकी सुन्दरी युवतीको रूपमा यु:माले राजा मावोहाङलाई दर्शन दिएको कथन छ ।’ यस तत्य कुराले के स्पष्ट हुन्छ भने कुम्मायक कुस्सायक माङ्हिममा बलि पुजा नगर्न प्रेरित गरेको चेम्जोङको भनाइ छ ।

 यसैगरी १९ साल तिर रैनमुखी सम्बाहाम्फेको आङमा पनि यु:मा माङ प्रकट भएकोले उहाको पाला देखि तङ्सुम तङ्नाम अर्थात त्रिशाली पुजा तथा मेला पर्वको रूपमा विकास हुनुका साथै रैनमुखी नै त्रिशाली पुजाको पहिलो पुजारी समेत भएको शिक्षक लाल अन्जान सम्बाहाम्फेको भनाइ छ ।
तीन बर्षको फरकमा लाग्ने पुजा एवं मेलामा कुम्मायक र कुस्सायक माङ द्वारा श्रद्धालु भक्तजनको मनोकाङ्क्षा पुरा हुने बिश्वास लिने गरिन्छ ।

कोभिड महामारीका कारण यो ऐतिहासिक पर्व तङसुम तङ्नाम त्रिशाली पुजा एवं मेलालाई प्रतिबन्ध लगाइएको भएता पनि गत बुधवार बसेको सर्बपक्षिय भेलाले यो बर्ष २०७९ सालको बैशाख २ , ३ र ४ गते पुजा तथा मेला सञ्चालन गर्ने निर्णय भएको वडाअध्यक्ष देबेन्द्र कुमार लावती बताउनु हुन्छ । उहाँकै अध्यक्षतामा पुजा एवं मेला संचालनको लागि ३५ सदस्य मुल समारोह समिति गठन समेत गरिएको छ ।

लावतीले लामो समयदेखि धेरै वटा त्रिशाली मेला र पुजाको मुल आयोजक समितिको अध्यक्षको भूमिकामा रही सकुशल जिम्मेवारी बहन गर्दै आउनु भएको छ । त्यसैले प्रत्येक मेला र पुजामा सर्वदलिय भेलाले लावतीलाई नै चुन्ने गरेको पाइन्छ । त्रिशालीको ऐतिहासिकता बारे उहाँ भन्नुहन्छ् मुख्य कारण भनेको यस क्षेत्रमा रहेको ऐतिहासिक थाकथलोमा रमाउने लिम्बू तथा गैर लिम्बू समुदायहरुको धार्मिक तथा सास्कृतिक परम्परा अनुसार मनाईने मेला भएकाले यसलाई  त्रिशाली अर्थात तङसुम तङ्नाम भनी मान्दै आएको बताउनु हुन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ