पाँचथर,पुस २३,
पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सक सहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।
भवन निर्माण सम्पन्न भएपनि जनशक्ति र औषधी उपकरणको अभाव रहेपनि पाँचथर अस्पतालले विशेषज्ञ चिकित्सक सहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुशियाली छाएको हो ।
भर्खरै मात्र ५० शैयाको अस्पतालको भवन निर्माण सम्पन्न भएको यस पाँचथर अस्पतालमा अहिले जेनरल सर्जरी डाक्टर प्रान्जल चन्द्र पौडेल,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर देउमान लिम्बू,एनेसथेसियोलिष्ट एण्ड क्रिटिकल केयर डाक्टर गणेश वन लाई विशेष डाक्टरको रुपमा अस्पतालले नियुक्ति दिएको हो ।
अव नयाँ विशेषज्ञ डाक्टर आएपछि यस अस्पताल बाट हाडजोर्नी तथा नसा रोग ओ.पि.डी.सेवा,हाडजोर्नी रोग सम्वन्धी शल्यक्रिया सेवा,जनरल सर्जन ओ.पि.डी.सेवा,जनरल सर्जरी सम्वन्धी शल्यक्रिया सेवा,र एनेस्थेसिया सेवा(शल्यक्रिया गर्दा विरामीहरुलाई बेहोस बनाउने) सेवा विरामीहरुलाई दिन थालिएको पाँचथर अस्पताल विकाश समितीका अध्यक्ष रामराज आङदेम्बेले बताउनुभयो ।
पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भईरहेका बेला केहि जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
अहिले अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ राखिएको छ । यस्तै, छात्रवृत्तिमा रहेका दुईजना डाक्टरलाई अस्पतालले थप सुविधा दिएर राखेको छ ।
अहिले अस्पतालमा जेनेरल सर्जन, एनएसथ्येसोयोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अपस्ताल प्रमुख भने एमडिजिप हुन् ।
५० शैयाको अस्पतालको भवन भएपनि अझै १५ शैयाकै मात्र दरबन्दी रहेको छ । यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन् ।
श्रोत र जनशक्ति भएमा आई.सि.यू.सेवा,इन्डोस्कोपी सेवा,ल्याबकोली सेवा,फिजियोथेरापी सेवा संचालन गर्न सकिने अस्पतालले जनाएको छ ।
अहिले यस जिल्ला अस्पताल पाँचथर बाट निशुल्क नवजात शिशु रोग सेवा,निशुल्क प्रसुति सेवा,स्वास्थ्य विमा सेवा,सामाजिक सुरक्षा सेवा,एकद्धार लैङ्गिक संकट ब्यवस्थापन सेवा,निशुल्क सुक्षित गर्भपतन सेवा लगायतका सेवाहरु संचालन भइरहेको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोमनाथ दंगालले बताउनुभयो ।
पाँचथर,ताप्लेजुङ,तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रको रुपमा रहेको पाँचथर अस्पताल बाट यी सेवाहरु नहुँदा यस क्षेत्रका नागरिकहरु तराईका सुविधा सम्पन्न अस्पतालमा जान वाध्य थिए ।
.png)